
काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज प्रि-क्वार्टरफाइनल अर्थात् ग्रुप अफ १६ चरणका अन्तिम दुई खेल हुँदैछन् ।
आजको पहिलो खेल मोरक्को र स्पेनबीच हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल बेलुकी पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । यसैगरी आजको दोस्रो खेल पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल मध्यराति पौने १ बजे हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र प्रि-क्वार्टरफाइनल अर्थात् ग्रुप अफ १६ चरण पूरा हुनेछ ।
समूह चरणमा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो । क्रोएसियासँग भने बराबरी भएको थियो । स्पेनले कोस्टारिकालाई पराजित गरेको थियो भने जर्मनीसँग बराबरी खेलेको थियो । जापानसँग स्पेन पराजित भएको थियो ।
आज हुने दुवै खेलको विजेताले क्वाटरपाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने हार्ने टोलीको विश्वकप यात्रामा यहीँ विराम लाग्नेछ । हालसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




