विश्वकप क्वार्टरफाइनल: कुन कुन टिम भिड्दैछन्?

-



     सफल आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ को राउन्ड अफ १६ सकिएको छ । हिजो राति पौने १ बजे भएको पोर्चुगल र स्विजरल्याण्डबीचको खेलपछि क्वाटरफाइनलमा हुने खेल तथा एक आपसमा भिड्ने टोली तय भइसकेको छ ।

नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इङ्गल्याण्ड, क्रोएशिया, ब्राजिल, मोरक्को र पोर्चुगलले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । हिजोको खेलमा स्पेनलाई पेनाल्टी शूट आउटमा हराउँदै मोरक्को र स्विजरल्याण्डलाई ६-१ गोलले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन्‍ । अन्य ६ टोली यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका थिए ।

अब आज र भोलि कुनै खेल हुने छैन । शुक्रबार क्वाटरफाइनलको पहिलो खेल क्रोएशिया र ब्राजिल बीच हुनेछ । एजुकेशन सिटि स्टेडियममा हुने सो खेल नेपाली समय अनुसार मंसिर २३ गते शुक्रबार राति पौने ९ बजे शुरु हुनेछ । यसैगरी दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच लुसियल स्टेडियममा मंसिर २४ गते शनिबार बिहान पौने १ बजे हुरु हुनेछ ।

क्वाटरफाइनलको तेस्रो खेल मंसिर २४ गते शनिबार बेलुकी पौने ९ बजे अर थुमाम स्टेडियममा मोरक्को र पोर्चुगलबीच हुनेछ । यसैगरी अन्तिम खेल इङ्गल्याण्ड र फ्रान्सबीच आइतबार अब बायत स्टेडियममा बिहान पौने १ बजे शुरु हुने तालिका छ ।