चाबहिलमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । चाबहिलको चुच्चेपाटीमा रहेको दाम्पा कम्प्लेक्समा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । बिहिबार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले क्लिनिकको शुरुवात गरेका हुन ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित स्थानीय ब्यक्त्ती हरुको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुले राजधानीमा यस किसिमको व्यवस्थित स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

यस क्लिनिकबाट कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धी सम्पूर्ण रोग, कपाल सम्बन्धी सम्पूर्ण रोग, दाद, मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला तथा यौनसम्बन्धी रोगहरुको उपचार सेवा प्रदान गर्ने उद्देश्य रहेको क्लिनिकका अध्यक्ष सागर भुसालले बताए ।

आर्थिक अवस्था कमजोर भएका ग्राहकहरु लाई विशेष छुट दिने व्यवस्था मिलाएको अध्यक्ष भुसालको भनाइ छ । क्लिनिकमा उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के रहने छन ।

पछिल्लो समय कस्मेटिक र छालाजन्य प्रयोगका लागि बजारमा आएका कमसल क्रिम तथा अन्य सामग्रीहरुबाट उपभोक्तालाई सचेत बनाउँदै सेवा दिन क्लिनिकले आफ्नै फार्मेसी पनि सञ्चालनमा ल्याएको छ ।

बिहान ९ बजे देखि साँझ ७ बजे सम्म खुल्ने यो क्लिनिकले सञ्चालनमा आएको अवसरमा मङ्सिर र पुस महिनाभर ओपिडी तथा अन्य सेवाहरुमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको बताएको छ ।