नाडाको ४६ औं वार्षिक साधरण सभाको मिति परिवर्तन

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं, पुस । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको मिति २०७९ पुस २२ गते शुक्रबार हुने भनिएको साधारणसभाको मिति परिवर्तन भएको छ ।

यसअघि होटल याक एण्ड यती दरबारमार्गमा उक्त दिन हुने तय भएको संस्थाको ४६ औं वार्षिक साधारण सभा विशेष कारणवश आगामी माघ २७ गते शुक्रबार दिउँसो २ बजे होटल याक एण्ड यती दरबारमार्गमा हुने नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

साथै एशोसियशनले सोही सूचनालाई आधार मानी वार्षिक साधारण सभामा उपस्थितिको लागि पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।