२२ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६७४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा देशभरबाट ४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २२ मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएकाको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ । हालैमात्र मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सबैलाई आग्रह पनि गरेको छ ।