यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा सुष्मालाई रजत

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


११ माघ, काठमाडौं । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले रजत पदक जितेकी छिन् । उनले थाइल्याण्डको बैंककमा रहेको ह्वामार्क इन्डोर स्टेडियममा भएको प्रतियोगिताको ४८ केजी तौलसमूहको फाइनलमा आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।

उनको यो पदक नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो । एसियन बक्सिङ कन्फेडेरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा फाइनलमा पुगेकी थिइन् ।