
काठमाडौं, १७ माघ । नाबालिग बलात्कार अभियोगमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध रिट परेको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई हिरासतमै राखेर बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग गरिएको छ ।
प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं । हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’
गत भदौमा एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटन गएको र उच्च अदालत पाटनले उक्त मुद्दामा सुनुवाई गर्दै २० लाख रुपैयाँमा सशर्त छाड्ने आदेश दिएको थियो । उनलाई छाड्दा सूचीबद्ध गरिएका शर्त तोडिएमा उक्त रिहाको आदेश स्वत: बदर हुने आदेशमा उल्लेख गरिएको थियो । उच्च अदालततको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च गएको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




