
पोखरा, २९ माघ । पुन एकता क्लबको आयोजनामा हुने आठौं नदिपुर भलिवल प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको छ ।
महाशिवरात्रि पर्ब तथा स्व. मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा भलिवल प्रतियोगिता आयोजना हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो । खुला भलिवल प्रतियोगितामा पुरुष, महिला तथा प्रौढको खेल हुने भएकाे छ ।
प्रतियोगिताको बिजेताले रु १ लाख ५ हजार, दोस्रोले ७० हजार त्यस्तै महिला तर्फ प्रथम हुनेले रु ५० हजार र दोस्रोले ३० हजार त्यस्तै प्रौढ तर्फ प्रथम हुनेले रु ३० हजार दोस्रो हुनेले २० हजारको साथमा शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन्।

प्रतियोगितामा महिला, पुरुष एक–एक जनालाई सर्वौत्कृष्ट घोषण गरि बिशेष पुरस्कार समेत प्रदान गरिने छ । खेल कर्पाकेली समाज भवन नदिपुर ३ पोखराको खेल मैदानमा हुनेछ ।
खेल सञ्चालन गर्नको लागि बिभिन्न निमहरु समेत बनाइएको छ । खेल नकआउटको आधारमा खेलाइने छ । राष्ट्रिय खेलकुदमा खेलेका खेलाडिहरुलाई मात्र आधिकारीक रुपमा क्षेत्रीय खेलाडि मानिने उल्लेख छ । प्रौढको हकमा उमेर ४० बर्ष पुरा भएको हुनु पर्ने रेफ्रि संयोजक राम पुनले बताए ।
क्लवका अध्यक्ष सुदिप पुर्जाकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वराल, कर्पाकेली समाजका अध्यक्ष रणसिह गर्बुजा, रेफ्री राम पुन, खेल सम्याेजक निशान थकाली लगायतले बाेलेका थिए । सञ्चालन खुम पुनले गरेका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




