
पोखरा, ६ फागुन । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् ।
गत बर्षका विजेता स्टेफनकाे याे लगातर दाेस्राे जित हाे । व्यक्तिगत रुपमा उनले गत बर्ष को समय (२ः१९ः४३) भन्दा २४ सेकेण्ड बढी समय लगाएर दुरी पार गरेका हुन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जिते । उपाधिसँगै उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
केन्याका धावक जुलियस ओहोमे दोस्रो भए । पोखरा म्याराथनमा पहिलो पटक सहभागि भएका उनले उक्त दूरी २ घण्टा २१ मिनेट ३५ सेकेण्डमा पूरा गरे । उनले तीन लाख प्राप्त गरे ।
म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठ तेस्रो भए । श्रेष्ठले उक्त दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै तेश्रो भएका हुन् । उनले दुइृ लाख पाए । केन्याका सिमोन चौथो भए । उनले उक्त दुरी २ घण्टा २९ मिनेट ३५ सेकेन्डमा पूरा गरे । उनले तीस हजार प्राप्त गरे ।
महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा पछाईले जितिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । उपाधिसँगै उनले १ लाख ५० हजार प्राप्त गरिन् ।
त्यस्तै एपिएफकी बृन्दा श्रेष्ठ दोस्रो भइन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा दूरी पार गरिन । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो भइन् । उनिहरुले एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै ह्वीलचेयर ४ सय मिटर पुरु, १ सय मिटर महिलातर्फ विजेताले १० हजार, दोश्रोले ७ हजार र तेश्रो हुनेले ५ हजार पाए । यस्तै १० किमि महिला दौडमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार पाए । ५ किमि छात्रटात्रा दौडमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले रु ७ हजार पाए ।
पोखरा अन्तराष्ट्रिय म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिहान बजे पोखरा रंगशालामा उद्घाटन गरेपछि दाैड शुरु भएकाे थियाे । त्यस अवसरमा अधिकारीले अर्काे पालि व्यवस्थित रुपमा म्याराथन हुने, सरकारले पूर्ण रुपमा सघाउने बताउदै म्याराथन अविधभर पाेखरामा यातायातका साधन बन्द हुने बताए । उनले भन, तपाँइहरु अघि बढ्नुस् सरकार साथमा हुनेछ ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




