
पोखरा, ७ फागुन । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लिले पोखरा मानपा ३३ बागमारामा आइतबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा. हेमन्तकुमार मानन्धरले बताए ।
उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा. हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा सृजना शर्मा, डा सुरज बराल, डा शुरेश परियार, डा रोजिना पौडेल, डा बिक्रमबाबु कार्की, डा अन्जिता हिराचन, डा सुमन पराजुली लगायतले बिरामीलाई निशुल्क चेकजाच र परामर्श तथा औषधि वितरण गरिएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताएका छन ।
सो अवसरमा १६० जनाको निसुल्क सुगर तथा युरिक एसिड जाँच र १२० जनाको भिडियाे एक्सरे समेत गरिएको थियो। आबस्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि निशुल्क औषधि वितरण गरिएको बताइएको छ।


हस्पिटलका संचालक महेश सिग्देलले उक्त कार्यक्रम पोखरा मनपा वडा नं ३३ का अध्यक्ष रामचन्द्र पराजुली, विधालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विधालय परिवार, आमा समुह, युवा क्लब, टोल विकास समितिको समन्वयमा गरिएको जानकारी गराउदै शिविरमा सर्मपित सम्पर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हस्पिटलले प्रत्येक हप्ताको सोमवार निशुल्क हाड जोर्नी तथा नसारोगको क्लिनिक संचालन गरिरहेको छ ।

साथै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोष कार्यक्रममा आवद्ध हुनुहुने सम्पुर्ण सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा र उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा सत प्रतिशत निशुल्क सहित स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराई रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषिराम ढकालले बताएका छन ।









पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




