
काठमाडौं, ९ फागुन । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित शृंखलाका सबै खेल जितेको छ । चौथो तथा अन्तिम खेलमा आज स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको हो ।
मंगलबार कीर्तिपुरमा स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ औँ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेलले नटआउट ९५ र करण केसीले नटआउट ३१ रन बनाए ।
ज्ञानेन्द्र मल्लले २१ र आशिफ शेखले १२ रन बनाएको खेलमा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कमजोर सुरुवात गर्दै पहिलो ओभरमै विकेट गुमाएको नेपालले १९ रनमा दोस्रो, ३४ रनमा तेस्रो र ६० रन हुँदा चौथो विकेट गुमाएको थियो । तर कप्तान पौडेल र केसीको नटआउट ७४ रनको साझेदारीले जित सम्भव बनाएको थियो ।
यसअघि नेपालले गत शुक्रबार स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । २०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहँदै लिग टू को च्याम्पियन बनिसकेको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा २ सय १२ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित नारायण राजवंशी र कुशल मल्लले १-१ विकेट लिए । स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक ६० रन बनाए ।
आजसहितका ८ मध्ये कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम रहने छ । नेपाल विश्वकपको छनोटमा स्थान बनाउने सम्भावना पनि कायमै छ । त्यसका लागि बाँकी आठ वटै खेल जित्नु अनिवार्य छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




