
काठमाडौं, १२ फागुन । आफूलाई विदेश जान लगाएको प्रतिबन्ध हटाइ पाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनबारे सर्वोच्च अदालतमा भर्खरै सुनुवाइ सकिएको छ । यसको आदेश केहीबेरमा आउने भएको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइका क्रममा खेल कहिले हुन्छ भनेर न्यायाधीशले कानुन व्यवसायीलाई प्रश्न सोधेर त्यसको मिति बताएपछि न्यायाधीश खतिवडाले छोटो बहस सुन्दै आदेशका लागि पर्खिन आग्रह गरेको अदालत स्रोतले जनाएको छ ।
आजको सुनुवाईमा नेपाल क्रिकेट संघ ९क्यान०का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । उनले सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने जिम्मेवारीको प्रतिबद्धता गरेका थिए ।
सुनुवाई सकिए पनि आदेश के आउँछ भन्ने आकलन गर्न भने सकिएको छैन । अदालत स्रोतका अनुसार न्यायाधीश खतिवडाले क्रिकेट म्यानेजर दासलाई आफूले विश्वास गर्ने बताउँदै त्यसो हुँदा हुँदै पनि कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु नहुने जवाफ दिएका थिए ।
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग लागेपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा गत पुस २८ गते उच्च अदालतले २० लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो । तर छुटे पनि उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको र यी शर्तहरु उल्लङ्घन गरेमा धरौटीमा छाड्न गरिएको फैसला स्वत: बदर हुने उल्लेख गरेको थियो ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि पुनरावेदनको निवेदन दिएको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएकोमा आज शुक्रबार हेर्न नभ्याइनेमा परेको छ । यो मुद्दा हेर्न नभ्याइनेमा परे पनि क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहितको लामिछानेको निवेदनमा भने सुनुवाई भएको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




