सरकारले खेल पर्यटनलाई महत्व दिएको छ : मन्त्री जुगजाली

-



     सफल आवाज    
     फागुन १३ गते २०७९ मा प्रकाशित



पोखरा, १३ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुगजालीले पर्यटनको विकास संगसंगै खेल पर्यटनको विकासमा जोड दिएका छन् ।

पुन एकता क्लवले पोखरा नदीपुरमा आयोजना गरेको स्व. मेजर चन्द्र बहादुर पहरे पुनको स्मृतिमा आठौं नदीपुर भलिबल प्रतियोगिता २०७९ का प्रमुख अतिथि जुगजालीले खेल पर्यटनको विकासमा गाउँ शहरमा रहेका क्लवहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सरकारले खेललाई पर्यटनसंग जोडेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा बिज्ञहरुसंग सुझाव लिएर अगाडी बढ्ने बताए ।

कार्यक्रममा क्लवका अध्यक्ष सुदिप पुनसहित कर्पाकेली समाजका अध्यक्ष रणसिह गर्बुजाले मन्त्री जुगजालीलाई मायाको चीनो हस्तान्तरण गरेका थिए ।

यसैबीच आईतबार छन्त्याल समाज र छन्त्याल ब्राेदर पुरुषातर्फ र नेपाल प्रहरीकाे गण्डकी तालिम केन्द्रकाे राताे र सेताे टीमबीच सेमिफाइनल खेल हुने भएका छन् । दुबै टीमका विजेताबीच फाइनल खेल हुने खेल पुरुष तथा महिलाको सेफिफाइनल पछि फाईनल खेल हुने खेल संयाेजक निशान थकालीले जानकारी दिए ।

यस्तै महिलातर्फ नदीपुर सेताे र नेपाल प्रहरीकाे तालिम केन्द्रबीच फाइनल खेल हुनेछ । प्राैढतर्फ पाेखरा भेट्रान र पाेखरा वडा न‌ १६ बीच प्रतिष्पर्धा हुनेछ ।

क्लवले फागुन ९ गतेदेखि पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता आयोजना गरेको हो । शनिबार सकिने पूर्व निर्धारि तालिका रहेको भएपनि प्राविधिक कारण एक दिन थपिएको बताईएको छ ।