सन्दीप लामिछानेको निवेदनको सुनुवाई न्यायाधीशद्वय मल्ल र चुडालको इजलासमा हुँदै

-



     सफल आवाज    
     फागुन १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यी दुव निवेदनामाथि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई गर्ने भएको हो ।

नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहा भएर राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेका लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै निवेदन दिएका हुन् । धरौटीमा रिहा हुने बेलामा नै उनलाई मुद्दाको अन्तिम किनारा नलागुञ्जेल जिल्ला र देश छाड्न नमिल्ने शर्त राखिएको थियो ।

केही दिनअघि कीर्तिपुरमा आयोजित नेपाल स्कटल्याण्ड तथा नामिबियाबीचको त्रिदेशीय आईसीसी विश्वकप लिग टू सिरिमा नेपालले क्लीन स्वीप गर्दा लामिछानेले ४ खेलमा महत्वपूर्ण १३ विकेटको शानदार प्रदार्शन गरेका थिए । सोही टोली यूएईमा भइरहेको खेलमा गएकोले टोलीको जितका लागि महत्वपूर्ण हुनसक्ने भन्दै उनले आफू पनि यूएई जान पाउनुपर्ने मागसहित निवेदन दिएका थिए ।

यता महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई धरौटीमा रिहा भएकैमा असन्तुष्टि प्रकट गर्दै थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ ।