
काठमाडौं, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुआ न्यूगिनीले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । लिग टूअन्तर्गत आजदेखि यूएईमा जारी शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको हो ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०३ रन बनायो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए । यसबाहेक सेसे बाउले ३१, किपलिन डोरिगाले २९ र नर्मन भनुआले २५ रन बनाए ।
बलिङतर्फ गुल्सन झाले ३ कुशल मल्लले २ तथा सोमपाल कामी करण केसी र प्रतिश जीसीले समान १-१ विकेट लिए । सन्दीप लामिछानेको अनुपस्थितिमा टोलीमा परेका जीसीको यो डेब्यू विकेट हो ।
२०४ रनको विजय लक्ष्य भेट्न नेपालले जवाफी ब्याटिङ सुरु गरिसकेको छ । यतिबेलासम्म नेपालले ५ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा २१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले समान १०-१० रन जोडेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




