
पाेखरा, १५ फागुन । कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर आज सम्पन्न १३औँ संस्करणको सो प्रतियोगितामा पोखराले २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको हो ।
रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्यसहित ६ पदक प्राप्त गरी द्वितीय बन्यो । यसैगरी ९ रजत र ९ कास्यसहित १८ पदक जितेर माछापुच्छ्रे गाउँपालिका तृतीय बन्यो। ७ रजत र ८ कास्य गरी १५ पदक जितेर अन्नपूर्णले चौथो स्थान हासिल गरेको छ । मादी गाउँपालिकाले भने प्रतियोगितामा एउटा पनि पदक जित्न सकेन ।
पोखरा महानगरपालिकाका लागि सविना खातुनले ५ स्वर्ण र एन्जल अधिकारीले ४ स्वर्ण दिलाइन । पोखरा रामघाटमा रहेको टप्स माविमा कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर,८ सय मिटर, हाइजम्प, रिलेतर्फ २ स्वर्ण गरी ५ स्वर्ण जितेकी हुन ।
पोखरा–२७ को त्रिवेणी पब्लिक स्कुलका एन्जल अधिकारीले एक सय मिटर, दुई सय मिटर, लङजम्प र रिलेमा गरी चारवटा विधामा स्वर्ण पदक जित्नुभयो ।
विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, नेपाल भारत्तोलन सङ्घका केन्द्रीय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट छात्र र छात्रा गरी ९४ खेलाडी छनोट भएका छन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरेको हो । प्रदेशस्तरीय प्रतियोगितामा छनोट भएका ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, भलिबल र कबड्डीमा १८/१८, उसु, कराते र तेक्वान्दोमा समान १२/१२ जना रहेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




