
चितवन, १६ फागुन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल का सर्जन डा अनिल आचार्यले हालै एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया गर्न सफल भएका छन् । अस्पतालका मुटु, छाती र रक्तनली (सिटिभिएस) सर्जन डा. आचार्यले नेपालमा निकै जटिल मानिने ‘आर्टेरियल स्वीच अप्रेशन’ गरेर भरतपुर महानगरपालिका–१ ठिमुराका मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरेका हुन् ।
डा. आचार्यका अनुसार ती शिशुको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य नलीहरु उल्टो अवस्थामा थिए । यो शिशुमा जन्मजात हुने समस्या रहेको र यस समस्याले गर्दा शिशु जन्मँदा र केही समयपछि श्वास फेर्न गाह्रो हुने समस्या भएको उनले बताए ।
अस्पताल आइपुग्दा शिशु ३२ दिनको रहेको र उनीहरुले तत्कालै ईको कार्डियोग्राम गरेर उनको समस्या पहिचान गरेर ढिलै भए पनि बचाउन सकिने अवस्थामा देखेर अप्रेशन सुरु गरेको डा आचार्य बताउँछन् ।
उनका अनुसार यस्तो शल्यक्रिया नेपालमा यसअघि दुई वटा मात्रै सफल भएका छन्। अहिलेसम्म काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १-१ जनाको मात्रै शल्यक्रिया सफल भएको आफूले जानकारी पाएको आचार्यले बताए ।
नेपालमा यस्तो शल्यक्रियामा मृत्युदर ९० प्रतिशतभन्दा बढी भएको बताउँदै काठमाडौं बाहिर पहिलो पटक यस्तो शल्यक्रियामा सफल भएको पहिलो पटक भएको डा आचार्यको भनाइ छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




