
काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु यूएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीमा रहेका मौसम ढकाल घाइते भएकाले उनलाई प्रतिस्थापन गर्ने गरी लामिछानेलाई यूएई पठाइएको हो ।
सर्वोच्च अदालतले लामिछानेको धरौटीमा रिहाको आदेश सदर गर्दै खेल खेल्न विदेश जाँदा अनुमति लिनु नपर्ने आदेश दिएपछि क्यानले उनलाई यूएई पठाउने तयारी सुरु गरेको थियो ।
केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले महत्वपूर्ण १३ रनको योगदान दिएका थिए । उक्त सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपाललाई ओडीआई मान्यता जोगाउन तथा विश्वकप छनोटका लागि आवश्यक अंक बटुल्न लामिछानेको योगदान महत्वपूर्ण हुने भएकोले पनि उनलाई यूएई पठाइएको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




