टस जितेर ब्याटिङ गर्दै पीएनजी, नेपालले लियो २ विकेट

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ गरेको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोज्दै २० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

पीएनजीका लागि टोनी उराले ३३ तथा असद भालाले २ रन जोडेका छन् । ओपनर किप्लिन डोरिगा २६ रनमा सन्दीप लामिछानेको बलमा आउट भए भने सेसे बाउलाई आशिफ शेखले रन ११ रन बनाएको अवस्थामा रन आउट गराए ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको ठाउँमा आज भीम सार्की मैदान उत्रिएका छन् । हिजो यूएईसँग पराजित भएको नेपाल आज भने पीएनजीविरुद्ध दोस्रो जित निकाल्ने उद्देश्यले खेलिरहेको छ ।