
पोखरा, २२ फागुन । लायन्स क्लब अफ तनहुँ र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सय ११ जनाको सित्तैमा सुगर, थाइराइड तथा हर्मोन रोगसम्बन्धी रगत जाँच गरिएको छ ।
युआरल दमौलीको प्राविधिक सहयोगमा भएको कार्यक्रमाम वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले रोग लाग्नुअघि नै बेला बेलामा जाँच गर्नुपर्ने र लागि हालेमा समयमै जाँच गरी स्वास्थ्य लाभ गर्नुपर्नेमा जोड दिए । सुगर, थाइराइड, हर्माेन जस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएकाले जीवनशैली, खानपान र सचेतना बढाउनुपर्नेमा उनले जोड दिए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाले प्रदेशभरी नै गुणस्तरीय ल्याब सेवा सजिलै प्रदान गर्ने लक्ष्य लिएको सुनाए । सामाजिक उत्तरदायित्व र सचेतना बढाउँदै नागरिकलाई स्वस्थ बनाउने दायित्वसँगै व्यवसायलाई अघि बढाइरहेको उनको भनाइ छ । कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, तनहुँका प्रहरी प्रमुख अबदेश विष्ट, रिजनल चेयर पर्सन राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
शिविरमा सहभागीलाई मंगलबार बिहान ११ बजेदेखि रिपोर्ट हेरेर विशेषज्ञले सित्तैमा परामर्श दिने आयोजकले जनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




