आशिफ शेखले बनाए पहिलो एकदिवसीय शतक

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ फागुन । नेपाली क्रिकेट टोलीका ओपनर आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले ११० बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरे ।

आशिफ १ सय १० बलमा १ सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे । उनले कुल ३२ खेलमा १ हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेल ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेल ३९ बलमा ३० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यतिबेलासम्म गर्दासम्म ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको छ ।