प्रथम गोकर्णेश्वर खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता भोलिबाट

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । भोलि फागुन २७ गतेदेखि २८ गतेसम्म प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता ( मेयर कप – २०७९ ) आयोजना हुने भएको छ ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मावि को व्यवस्थापकीय भूमिकामा उक्त प्रतियोगिता हुन लागेको बताइएको छ ।

तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको मूल उदेश्य तथा लक्ष्य रहेको संयोजन समितिका मनोज आचार्यले बताए ।

प्रतियोगितामा जम्मा १८ वटा तौल समुहकाबीच प्रतिसप्रधा गराइनेछ । जसमा पुरुष तौल समूह जुनियर र सिनियर गरी १० वटा तौल समूह रहनेछ भने महिला तौल समूह जुनियर र सिनियर गरी ८ वटा तौल समूह रहनेछ ।

यसैगरी प्रतियोगितामा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङका गरी जम्मा ३१० जना खेलाडी ९ पुरुष १८० र महिला १३०० जनाले भाग लिने आयोजक समितिले जानकारी दिएको छ । विजेता टिम पहिलो, दोस्रो र तेस्रोलाई प्रमाण पत्र, मेडल, नगद पुरस्कार तथा ट्रफीको व्यवस्था गरिएको छ । यसैगरी महिला तथा पुरुष तर्फबाट उत्कृट खेल्नेलाई बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ साथै सहभागी खेलाडीलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

कार्यक्रमको उदघाटन भोलि फागुन २७ गते बिहान १० बजे प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा हुने र समापन २८ गते गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यमा हुने आचार्यले बताए ।