७ ओभरमा नेपालले लियो २ विकेट

-



     सफल आवाज    
     फागुन २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ फागुन । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ७ ओभरमा पपुआ न्यूगिनी (पीएनजी)को २ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले पीएनजीको किप्लिन डोरिगा र हिरी हिरीको विकेट लिएको हो । यतिबेलासम्म पीएनजीले ९ ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएर खेलिरहेको छ ।

नेपालका तर्फबाट ललित राजवंशीले किप्लिन डोरिग तथा सोमपाल कामीले हिरी हिरीको विकेट लिएका हुन् । अहिले क्रिजमा पीएनजीका सेसे बाउ र असद भाला रहेका छन् ।