पीएनजीमाथि नेपालको सहज जित, विश्वकप छनोट नजिक

-



     सफल आवाज    
     फागुन २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ फागुन । विश्वकप क्रिकेट लिग टूको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गर्दै पीएनजीले नेपाललाई ९६ रनको विजय लक्ष्य दिएको थियो । उक्त सामान्य लक्ष्य नेपालले मात्र आठौँ ओभरको चौथो बलमा १ विकेट गुमाउँदै भेट्टायो । नेपालको जीतमा आशिफ सेखले नटआउट ५३ र कुशल भुर्तेलले ३३ रन बनाए ।

आसिफले २१ बलमा ८ चौका र ३ छक्का तथा कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल १२ रनमा अविजित रहे ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले अब यूएईसँगको खेल जित्नुपर्ने छ । नेपालले यूएईसँग आउँदो बुधबार खेल्दैछ ।

कीर्तिपुरमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पीएनजीलाई ३२ ओभरमा मात्र ९५ रनमा अलआउट गरेको थियो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले दुई दुई विकेट लिए । पीएनजीका ४ जना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । पीएनजीका असद भालाले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक भयो ।

सन्दीपले १० ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन खर्चँदा कुशलले ३ ओभरमा १ मेडल राख्दै मात्र ६ रन खर्चिए । यस्तै ७ ओभर बलिङ गरेका ललितले १३ रन र ५ ओभरमा सोमपालले २२ रन दिए । आज नेपाली टोलीमा गुलशन झाको ठाउँमा करण केसीलाई टिममा राखिएको छ ।