३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



सर्लाही, ३० फागुन । सर्लाहीको बागमती नगरपालिका–८ स्थित शङ्करपुरमा ३ सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा करिब ५ हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका ३ सय ९७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

जिल्लाको बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बसबरिया र रामनगर गाउँपालिकामा करिब शिविर एक सातासम्म चलेको थियो ।