
पोखरा, १ चैत । पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परीक्षण गराएका छन् ।
शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दाँतको परीक्षण गराएका थिए । परीक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ ।
मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परीक्षण गर्ने आउने बिरामीलाई निःशुल्क आवश्यक औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका बिरामीहरुमा जटिल समस्या देखिएमा शिविरको बिरामी पुर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त बिरामीलाई छुट व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय वटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत प्रतिभा स्कुलमा ११औं कार्यक्रम गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिम बहादुर लामिछानेले बताए ।
शिविरले स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्न तथा मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभई समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




