सन्दिप बिरुद्ध मुद्धाको पेशी आज

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ चैत । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्धाको आज पेशी तोकिएको छ ।

लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ति करणी मुद्धा बिचाराधिन अवस्थामा छ । अदालतले दुवै पक्षको बयान र आवश्यक प्रमाण बुझिसकेको हुँदा मुद्धामा आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।

१७ वर्षीय बालिका बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए । पुपक्र्षका लागि कारागार चलान भएका उनीलाई उच्च अदालत पटकले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सन्दीप विरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् ।