नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा टिम बिल्डिङ्ग प्रोग्राम सम्पन्न

-



     सफल आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित



पाेखरा, १७ साउन। पोखराको नेपाल टुरिजम् एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) ले शैक्षिक सत्र २०८०/८१ का कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा दुईदिने टिम बिल्डिङ्ग प्रोग्राम सम्पन्न भएको छ ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कलेजमा गरिने यस्ता टिम बिल्डिङ्गका प्रोग्रामले विद्यार्थीहरू बीचको सहकार्य, सञ्चार र सौहार्दता बढाउनको लागि आयोजना गर्ने गरिने बताए । रेग्मीले भने, यी गतिविधिहरूले विद्यार्थीहरूलाई सँगै काम गर्न, चुनौतीहरू समाधान गर्न र एकअर्काबाट सिक्न प्लेटफर्म प्रदान गर्दछ।

टोली निर्माण अर्थात टिम बिल्डिङ्गका खेलहरूमा भाग लिएर विद्यार्थीहरूले प्रभावकारी सञ्चार, समस्याकाे समाधान र नेतृत्वदायी भूमिका लगायतका जीवनका आवश्यक कला कौशलहरूकाे विकास गर्ने उनले बताए । रेग्मीका अनुसार विद्यार्थीकाे व्यक्तिगत र शैक्षिक उन्नतिकाे लागि धेरै महत्त्वपूर्ण हुन्छन्।

खेलहरूले सामाजिक अवरोधहरू तोड्न, समावेशीकाे प्रवर्द्धन गर्न र विद्यार्थीहरूले आफूले व्यक्त गर्न चाहेका कुराहरुकाे लागि सहज महसुस गर्ने, कक्षाकोठामा सकारात्मक वातावरण सिर्जना गर्न मद्दत पुग्ने प्रस्टाए। टिम बिल्डिङ्गका खेलहरूले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको लागि तयार पार्ने, समुदायको भावनालाई प्रोत्साहित गर्ने र उनीहरूको समग्र विकासमा योगदान पुर्‍याउन खेलहरु खेलाइएको प्रिन्सिपल रेग्बमीले बताए ।

यस्तै कलेजका +२ कार्यक्रम संयोजक दिनेश कुमार यादवले टिम बिल्डिङ्ग खेलहरू महत्त्वपूर्ण सीप र गुणहरू प्रवर्द्धन गर्दै सकारात्मक र समावेशी सिकाइकाे वातावरण बनाउन आयोजना गरिएको बताए। यस्ता गतिविधिहरूले विद्यार्थीहरू बीचको सहकार्यलाई प्रोत्साहित गर्दछ । यादवले भने, उनीहरूलाई साझा लक्ष्यहरू हाँसिल गर्नका लागि सँगै काम गर्न र उनीहरूको सञ्चार क्षमतालाई बलियो बनाउन मद्दत गर्छ ।

टिम बिल्डिङ्ग खेलहरूमा कक्षा १२ का २४ जना विद्यार्थीहरुले आयोजककाे रुपमा भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरुका आठ वटा उपसमूह बनाएर दुई दिन साउनकाे १६ र १७ गते टिम बिल्डिङ्गका खेलहरु खेलाईएको हाे ।

विभिन्न २७ बिधाका खेलहरू जस्तैः Guess Movie, Balloon & Cup, Spoon Mable, Sponge Squeeze, Chinese Wisper, Lava Walk, Hot Potato, What’s in the Box, Bottle Flip, Musical Chair, Cup Stacking, Treasure Hunt, Bingo, Copy and Act, Leg Race, Tug of War, Tray Handling & Sticky Bomb समावेश गरिएका थिए ।

दुबै दिन भएका ति खेलहरुमा प्रथम स्थान हाँसिल गर्ने बिजेताहरु Tray Handling मा करण रानाभाट, Spoon and Marble मा प्रदीप घर्ति, Hot Potato मा नीति गुरुङ, Musical Chair मा आयुष गिरी, Ballon Blasting मा सन्देश थापा, Bingo मा बालकृष्ण पाण्डे र What’s in the box मा पूजा पाण्डेलाई प्रिन्सिपल प्रकाश रेग्मीले पुरस्कार प्रदान गरेका थिए ।

समापन पश्चात् केही विद्यार्थीहरूले आयोजक कक्षा १२ का दाई दिदीहरु र कलेज परिवारप्रति आभार व्यक्त गरेका थिए ।