
पोखरा, २८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५, शिख, स्वाँतस्थित न्यू स्टार युवा क्लबले जनै पूर्णिमाको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव” नाराका साथ आयोजना गरिने कार्यक्रम यहि भाद्र १५ गतेदेखि १९ गतेसम्म संचालन हुने क्लवले जनाएको छ ।
क्लवका अनुसार खेलहरुमा पुरुष, महिला र प्रौढ भलिबल, बास्केटबल रहेका छन् भने साथमा मौलिक सांस्कृतिका प्रस्तुतिहरु रहने भएका छन् ।
क्लवका अध्यक्ष खेमराज गर्बुजा पुनले आकर्षक पुरस्कारसहितको प्रतियोगिता आयोजना गरिने बताए । उनले पुरुष भलिबलमा प्रथम हुने टिमले रुपैयाँ १ लाख र द्धितिय हुने टिमले रुपैयाँ ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए।
यस्तै महिला भलिबलमा प्रथम हुने टिमले रुपैयाँ ५० हजार र दोश्रो हुनेले रुपैयाँ ३० हजार, मेडल र प्रमाणपत्र पाउनेछन्
खेलकुद संयोजक हरिकृष्ण पुर्जा पुनले प्रौढतर्फ प्रथम हुने टिमले रुपैयाँ ६० हजार र दोश्रो हुनेले रुपैयाँ ३५ हजार, मेडल र प्रमाणपत्र पाउने बताए । यस्तै पुरुष बास्केटबल तर्फ प्रथम हुने टिमले रुपैयाँ १ लाख तथा दोश्रो हुने टिमले रुपैयाँ ६० हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रम तालिका यहाँ छ
