
पोखरा, २८ साउन । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा १०औं रोहन मेमोरियल फुटवल प्रतियोगिता आयोजना गरिएको छ ।
एक दशक अगाडी क्यान्सरबाट जीवन गुमाएका हेम्जाका रोहन पौडेलको स्मरणमा गण्डकी बोर्डिङका कक्षा १० का विद्यार्थीले आज आर.एम.एफ.टी प्रतियोगिता आयोजना गरेका हुन् ।
विद्यार्थीहरुमा व्यवस्थापकीय सीपको विकास गराउन विद्यालयले कार्यक्रमको सम्पूर्ण जिम्मेवारी कक्षा १० का विद्यार्थीलाई सुम्पिएकोमा सोहि अनुसार उनीहरुले कार्यक्रमको आयोजना र व्यवस्थापन गर्दै आएका छन् । गण्डकी वर्ल्ड कप भनेर चिनिने प्रतियोगितामा कक्षा ८, ९, १०, ११ र १२ का गरी ८ टिमले भाग लिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अभिभावक तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका कुमारी शाहीले रोहनको आत्माको शान्तीको कामना गर्दै उहाँ जहाँ भएपनि हाम्रै हृदयमा भएको बताईन । उनले भनिन्, परिवारले हामीलाई दिएको प्रेरणा मननीय छ । यसका लागि गण्डकी परिवार आभार व्यक्त गर्दछ । उनले खेलले विद्यार्थीको शारिरीक, चारित्रिक र संवेगात्मक विकास हुनेमा विश्वस्त रहेको बताईन ।
कार्यक्रम दीप प्रज्वलन गरेर शुरु गरिएको थियो । सो अवसरमा प्राचार्य वीरेन्द्र खड्का, सहायक प्राचार्य कृष्ण बहादुर थापा, होस्टल ४ र ७ का होेस्टल प्यारेनट्सले व्यानर दउखाउँदै र प्रमुख अतिथिले ट्रफी, मेडल विद्युतीय प्रविधिबाट प्रदर्शन गरेका थिए ।
कार्यक्रमले विद्यार्थीमा व्यवस्थापकीय ज्ञान, सीपका साथै भातृत्व, वन्धुत्व, सामिप्यता, सद्भाव, अनुशासन, आदर तथा संवेगात्मक पक्षहरुको विकास गाउने प्रिन्सिपल वीरेन्द्र खड्काको भनाई छ ।
प्राचार्य, शारिरीक विभागका प्रमुख मोहनप्रसाद गुरुङ र कार्यक्रमका सभापतिले फिफा रेफ्री जनक गुरुङलाई बल हस्तान्तरण गरेका थिए । हरेक टिमका क्याप्टेनले जर्सी प्रदर्शन गर्दै सपथ लिएका थिए ।
विद्यालयको जिमहलमा साढे एक घन्टा चलेको उद्घाटन सत्रमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको उपस्थिति रहेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




