
पोखरा, १३ भदौ । नेपालकाे पहिलाे हाेटल म्यानेजमेन्ट कलेज पाेखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजना गरिएको मैत्रीपूर्ण बास्केटबल खेलमा एन.टि.एच.एम.सी विजयी भएको छ ।
एन.टि.एच.एम.सी र पोखरा युनाईटेडबीचको फाइनल खेलमा एन.टि.एच.एम.सीले पोखरा युनाईटेडलाई ३६/४१ को सेटमा हराउँदै जित हाँसिल गरेको हो । उक्त खेलमा दुबै कलेजका कक्षा १२ का विद्यार्थीहरुले भाग लिएका थिए ।
यसअघि खेलको एन.टि.एच.एम.सीका प्राचार्य प्रकाश रेग्मीले खेलाडीहरुलाई बास्केटबल हस्तान्तरण गरी खेलको उद्घाटन गर्दै गरेका थिए। साे अवसरमा उनले खेलले स्वस्थता दिनुका साथै आतिथ्य, मैत्रीभाव बढाउने र खेलकाे माध्यमबाट फेलाेसिप कल्चरकाे विकास हुने बताए ।
खेलालीहरुको हौसला बढाउन दुबै कलेजका शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सो खेलको कोचकाे भूमिकामा लाजन चोचाङ्गे पुन र तेजीन रोका रहेका थिए ।
मैत्रीपूर्ण खेल सकिएपछि दुबै टोलीका खेलाडीहरुले ‘सामूहिक फोटो खिचेका थिए । खेलको लागि न्यानो आतिथ्यता दिएकाेमा पोखरा य’नाईटेडको टोलीले आयोजक एन.टि.एच.एम.सी कलेजलाई आभार व्यक्त गरेकाे थियाे ।
आयोजक कलेज एन.टि.एच.एम.सीको टोलीले खेलाडीहरुको लागि जुस, चीया र केक खुवाएर बिदाई गरेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




