फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधी

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित


पाेखरा, २४ भदौ । पोखरा पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी बिद्यालयस्तरिय पहिलो ५/५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधी जित्न सफल भएको छ ।

फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधी जित्न सफल भएको हो। सो प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हाँसिल गर्न सफल भए।

त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले उपाधि हाँसिल गर्न सफल भए। पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशःरू बीस हजार, दस हजार र छ हजार सहित ट्रफी र मेडल प्राप्त गरे।

मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।