
काठमाडौं, २ कात्तिक । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।
हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।