नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । यहाँ जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।