
पाेखरा, २ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल–एन प्याव्सन कास्कीले पहिलो पटक ‘बृहत बाल प्रतिभा पहिचान महोत्सव, २०८०’ आयोजना गर्ने बताएको छ । महोत्सव पुस ६ गतेदेखि ८ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
एन प्याव्सन कास्कीले आज पोखरामा सत्रकार सम्मेलन आयोजना गरेर “नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गर्न लागेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
महोत्सवमा लोकनृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता र कविता वाचन प्रतियोगिता रहेका छन् । विद्यार्थीलाई लोक संस्कृतिको बारेमा जानकारी होस् र यसको संरक्षणमा टेवा पुग्ने हिसाबले यसप्रति आकर्षित गराउन प्रतियोगिता गर्न लागिएको हो, अध्यक्ष अधिकारीले भने ।
महोत्सव अवधिमा आविष्कार तथा अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगिता हुनेछन् । विज्ञान तथा प्रविधिको महत्व, यसको आवश्यक्ता, आविश्कार र अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगिता हुने भएका छन् ।
प्रतियोगितामा मौलिक परम्परागत हस्तकलाको बारेमा जानकारी लिन पाइनेछ । विद्यार्थीले बनाउने वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी महोत्सवमा हुनेछ, अध्यक्ष अधिकारीले बताए ।
यस्तै महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका पारम्परिक वस्तुहरु पराल, छ्वाली, चोया र पातबाट बनेका सामग्रीको प्रतियोगिता हुनेछ । यी सामग्री बनाउन विद्यार्थीले विद्यालयबाट आवश्यक बस्तुको जोहो गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीलाई टोकन अफ लभ र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
१५ सय ९८ जना विद्यार्थीले भाग लिने
पुस ६ गतेदेखि ८ गतेसम्म संचालन हुने महोत्वसमा एन प्याव्सन कास्कीमा आबद्ध रहेका ४७ वटा विद्यालयका १५ सय ९८ जना विद्यार्थीले भाग लिनेछन् । प्रत्येक विद्यालयबाट ३४ बढी विद्यार्थी सहभागि हुने भएका छन् ।
अध्यक्ष अधिकारीले प्रतियोगिताको एक लाख बढी दर्शकलेले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । महोत्सव सम्पन्न गर्नका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको सचिव प्रेमराज अधिकारीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि १५ वटा विभिन्न उपसमिति निर्माण गरिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




