स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



वीरगञ्ज (पर्सा), ३ पुस । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।

वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए।

कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो ।

समाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले रु २० लाखको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको महाप्रबन्धक उपाध्यायले बताए।