टाइगर कप भलिबलकाे महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

-



     सफल आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित



पोखरा, ५ माघ । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

तेश्रो स्थान प्राप्त गरे संगै ट्रफी, मेडल, प्रमाणपत्रका साथमा नगद रु १ लाख २५ हजार ५५५ प्राप्त गरेको छ । बिजेता टोलीलाई आज नै एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् ।

यसै गरी शुक्रबार नै पुरुषतर्फका दुई सेमीफाइनल खेलहरु सञ्चालन हुनेछन् । पहिलो सेमीफाइनल खेल टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र पाहुना टोली श्रीलंक आर्मीका विच हुनेछ भने दोश्रो सेमीफाइनलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । गण्डकी डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।