माघ ९ देखि शुरु हुने आहा ! रारा पोखरा गोल्ड कपको तयारी पूरा, विजेतालाई रू १२ लाख १ हजार

-



     आरजू बिष्ट सल्यानी    
     माघ ७ गते २०८० मा प्रकाशित



पोखरा, ७ माघ । माघ ९ गतेदेखि २० गतेसम्म पाेखरा रंगशालामा आयोजना हुने कुल रूपैयाँ २८ लाख ३२ हजार ५५५ को पुरस्कार राशि भएकाे बहुप्रतिष्ठित आहा ! रारा पोखरा गोल्ड कप २०८० काे सम्पूर्ण तयारी पूरा भएकाे क्लवले जनाएकाे छ ।

निरन्तरताको प्रतिकको रुपमा रहेको संघीय राजधानी काठमाडौं बाहिर हुने फुटबल प्रतियोगिताहरुमध्ये अब्बल मानिएको २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप २०८० बारे आज पाेखरामा पत्ररकार सम्मेलन गरेर क्लवले साे जानकारी दिएकाे हाे ।

हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रयोजन तथा यस वर्षबाट पोखरा महानगरपालिका संरक्षक बनेको प्रतियोगिताको सह प्रायोजक पोखरा महानगरपालिका वडा नं ९ रहेको छ । यसको चाँजोपाँजो अध्यक्ष दीपेन्द्र मर्सानीले मिलाएका हुन् ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपामा स्थापना गरौं” भन्ने उदेश्यसहित सहारा क्लव पोखराले आयोजना गर्ने बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लव आहा ! रारा पोखरा गोल्ड कपकाे २३ औं संस्करणको विजेता टोलीले नगद रुपैयाँ १२ लाख १ हजार, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेता टोलीले रुपैयाँ ६ लाख १ हजार नगद, मेडल र प्रमाण पत्र पाउने भएको छ ।

सहभागि हुने प्रत्येक क्लवलाई एक खेलेबापत अतिरिक्त प्रोत्साहन स्वरुप प्रिक्वार्टर विजेता र पराजित दुबैलाई रुपैयाँ ३० हजार र सेमिफाईनल विजेता र पारजित हुने टोलीलाई जनही ५० हजार दिईने क्लवका महासचिव रामजि प्रसाद अधिकारीले बताए । साथै उनीहरुको लागि दैनिक भत्ता र आतेजाते यातायात खर्च दिईने भएको छ ।

प्रतियोगितामा प्रथम, दितिय पुरस्कारसहित कुल नगद पुरस्कार राशि रुपैयाँ २८ लाख ३२ हजार ५५५ रहेको छ । प्रतियोगिताको कुल आम्दानी १ करोड ८६ लाख ७५ हजार रुपैयाँ र खर्च १ करोड ४९ लाख ३ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लवका अध्यक्ष केशवराज वरालले बताए ।

प्रतियोगितामा गेट टिकट प्रत्येक प्रिक्वार्टर र क्वार्टर फाइनलका खेलहरुको रुपैयाँ साधारणतर्फ १०० र भिआईपितर्फ रुपैयाँ २०० रहेको छ । सेमिफाईनल खेलहरुको लागि साधारणतर्फ २०० तथा भिआईपितर्फ रुपैयाँ ४०० रहेको छ । फाईनल खेलको साधारणतर्फ रुपैयाँ ३०० तथा भिआईपितर्फ रुपैयाँ ५०० लाग्नेछ ।

प्रत्येक म्याचका दुईजना भाग्यशाली दर्शकका लागि जनही रुपैयाँ ५ हजार दर्शक पुरस्कार रहेको छ । यसको प्रयोजन सहारा क्लव पोखराका संस्थापक कोषाध्यक्ष एवं सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र सहारा क्लव पोखरा पूर्व कोषाध्यक्ष उमादेवी गुरुङले गरेका छन् । प्रतियोगिता अवधिभरको भाग्यशाली दर्शकलाई सिजि इलेक्ट्रोनिक्स प्रा.लिद्वारा टिभि प्रदान गरिने भएको छ ।

२३ वर्षदेखि निरन्तर हुँदै आएको प्रतियोगिताबाट बचत हुने आएको रकम क्लवले पोखरा १७ दोविल्लामा संचालन गरेको सूर्य बहादुर केसी स्कृति सहारा फुटबल एकेडेमिमा खर्च गर्दै आएको छ । २०६१ सालबाट आवासिय रुपमा एकेकेडेमिमा विपन्न तथा सहराबिहिन बालकहरुलाई राखेर शिक्षा, दिक्षा र फुटबलको प्रशिक्षण दिइदै आएको छ । जहाँ हाल चौथो व्याचका विभिन्न जिल्लाका १४ जना बालक आश्रित छन् । यसको संचालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको क्लवका उपाध्यक्ष तथा खेल संयोजक पूर्ण गुरुङले बताए ।

कार्यक्रममा यूकेबाट आएका सल्लाहकार महेश गुरुङ, लोक बहादुर गुरुङ, मञ्जु गुरुङ लगायतले क्लवका लागि ल्याएका सामग्री तथा ट्रफिहरु क्ल्वलाई हस्तान्तरण गरेका थिए ।

अघिल्लो वर्ष २२ औं संस्करणकाे प्रतियोगितामा संकटा क्लव विजयी भएको थियो । उपबिजेता बिवाईएससि, एमएन यूएसए बनेको थियो ।

यस पटक २३ औं संस्करणकाे प्रतियोगिताको पहिलो उद्घाटन खेल माघ ९ गते सहारा क्लव पोखरा तथा थ्रीस्टारबीच हुनेछ । माघ १० गते त्रिभुवन आर्मि र राइजिङ स्टार फुटबल क्लवबीच खेल हुनेछ । माघ ११ गते मछिन्द्र र जावलाखेल युथ क्लवबीच खेल हुनेछ । माघ १२ गते नेपाल एपिएफ र नेपाल पुलिसबीच खेल हुनेछ ।

क्वार्टर फाईनलका खेलहरु

माघ १३ गते पारो एफसि भुटान र माघ ९ गतेको बिजेताबीच हुनेछ । माघ १४ गते संकटा क्लव र माघ १० गतेको बिजेताबीच खेल हुनेछ । माघ १५ गते मनाङ मस्र्याङदी र माघ ११ गतेको बिजेताबीच खेद हुनेछ । माघ १६ गते चर्चबोईज र माघ १२ गतेको बिजेताबीच खेल हुनेछ ।

सेमिफाईनल खेल

माघ १७ गते माघ १३ गतेको बिजेता र माघ १५ गतेको बिजेताबीच सेमिफाईनलको खेल हुनेछ । माघ १८ गते १४ गतेको बिजेता र माघ १६ गतेको बिजेताबीच खेद हुनेछ ।

वर्ष २०८० को फाईनल खेल

माघ १९ गते एकदिन खेलाडीले आराम तथा अभ्यासमा बिताउने छने भने माघ २० गते फाइनल खेल हुने र प्रतियोगिता समापन हुनेछ ।

सहारा क्लवले पोखरालाई स्पोर्टस् सिटिको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धनमा सहयोग पुर्याउनु, पोखरालाई खेलको माध्यमले अन्तराष्ट्रमा चिनाउनु रहेको छ । यस्तै नवप्रतिभावान खेलाडीहरुलाई खेल कलाकौशल प्रदर्शन गर्नका लागि अवसर प्रदान गर्नु रहेको क्लवले जनाएकोे छ ।

प्रवर्धनको लागि क्लवकाे लोगो गीतको रिङ ब्याक टोन

नेपालको इतिहासमा निरन्तर संचलन भईरहेको एकमात्र फुटबल प्रतियोगितको प्रवर्धनको लागि क्लवले आफ्नो लोगो गीतको रिङ ब्याक टोन बनाएको छ ।

सिआरबिटि प्रयोग गर्नका लागि एनटिसि प्रयोगकर्ताले अंग्रेजीमा एनटिसि स्पेश ०८५५९८९ टाईप गरी १४५५ मा पठाउनु पर्नेछ । एनसेलका प्रयोगकर्ताले एनसेल स्पेश ७०२९६७६९ टाईप गरेर १७२११ मा एसएमएस पठाउनु पर्नेछ ।

एकेडेमिबाट उत्पादन भएका टीममा रहेका ७ खेलाडी

सहारा क्ल्वको टीममा एकेडेमिबाट उत्पादन भएका बिशाल नेपाली, अनिश पोमु लिम्बु, मुकुन्द निउरे, शुसिल लामा, भागवत चौंधरी, सन्तोष शाही, अभिषेक राना गरी सात जना रहेका छन् ।

यस्तै अन्य खेलाडीहरुमा टिकेन्द्र थापा, आशिष गुरुङ, अमित तामाङ, पासाङ लामा, अनिष तामाङ, लक्ष्मण रुचाल, अनिल खड्का, शुरेस कुमाल, शुसिल वराल, सरोज तितुङ, अनिल गुरुङ, अशोक रेग्मी र विशन गुरुङ रहेका छन् ।

वरिष्ठ फोटो पत्रकार मिडिया अफिसर नरहने

यसैबीच, सहारा क्क्ल्वसंग स्थापनाकाल बाटै खेलको प्रचार, प्रवर्धन, जनसम्पर्क तथा संचारसम्पर्कसहति क्ल्वका हरेक गतिविधिमा संलग्न रहेर काम गर्दै आएका वरिष्ठ फोटो पत्रकार शुदर्शन रंजितले मिडिया यसपटक अफिसर नरहने घोषणा गरेका छन् ।

प्रतियोगितामा एन्फाले फिफाको नियमबिपरित म्याच कमिस्नर नियुक्त गरेर क्लवलाई जानकारी गराईसकेकोले यसपटक मिडिया अफिसर नरहेको सामाजिक संजालबाट जनाएका छन् । तर उनले प्रतियोगिता अवधिभर मिडियाका साथीहरुको सहयोगको लागि लागिरहने बताए ।