
पाेखरा, १० माघ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको दोश्रो दिनको खेलमा राईजिङ स्टारलाई १/० ले पराजित गर्दै नेपाल आर्मि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मिका लागि कप्तान भरत खबासले गरेको एक गोल नै जितका लागि निर्णयक गोल बन्यो । खबासले खेलको २७ औं मिनेटमा पाएको क्रस बललाई पेनाल्टी एरियाबाट गोलमा परिणत गरेका थिए ।
पोखरामा आयोजना भएको प्रतियोगितामा नवलपुरको राईजिङ स्टार क्लयको पहिलो अनुभव हो । आर्मिलाई हम्मेहम्मे बनाए पनि अन्ततः गोल फर्काउन सकेन । आर्मिका लागि दोश्रो दिनको खेलमा १ गोल गरेका आर्मिका खबासको यो प्रतियोगिताकै तेश्रो गोल हो ।
लगातार ! रारा पोखरा गोल्ड कपमा सहभागि हुँदै आएको नेपाल आर्मि पटक पटक फाईनलमा पुगेपनि अहिलेसम्म उपाधि चुम्न सकेको छैन ।
तेश्रो दिनको खेल बिहिबार मछिन्द्र क्लव र जावलाखेलबीच हुने आयोजक सहारा क्ल्वले जनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




