
पोखरा, १५ माघ । पुन समाज नेपालले पुन दिवश माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा आजदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रैढ भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८ टोलीकाे सहभागिता रहेको छ । महिलातर्फ १४ तथा प्रौढतर्फ १२ टोलीको सहभागिता रहेको आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलकाे विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको बताए ।
उनले खेलकुदको विकासको लागि आवश्क सहयोग गर्न तायार रहेको बताए । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगमकाे थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला हामी परिषदबाट हुने सहयोग गर्छाैं ।
यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको संभावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए । हामीले विभिन्न प्रशिक्षण पनि चलाईरहेका छौं, उपाध्यक्ष गुरुङले भने, यदी यहाँहरुलाई पनि त्यस्तो कुनै आवश्यक भएमा सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।
संस्कृतिकर्मि तुलसी प्रभासले नेपाल नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौकि पहिचानको लडाँईमा निरन्तर लागिरहन जोड दिए ।
उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका आमा समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली पनि देखाईएको थियो ।
पुन समाज नेपालमा अध्यक्ष भिमबहादुर फगामीको अध्यतामा भएको कार्यक्रमकाे संचालन महासचिव खिमनशेरपुजा पुनले गरेका थिए ।

प्रौढ तर्फको खेल शुरु
यसैबीच, आज शुरु भएको प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगितामा प्रौढ तर्फको खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच खेलिएको छ ।
विजेताले रू १ लाख ११ हजार १११ पाउने
प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ ।
महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुजा पुनले जानकारी दिए ।
प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ ।
नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।











पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




