मनाङ मस्र्याङदीलाई हराउदै जावलाखेल सेमीफाइनलमा

-



     सफल आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित



पाेखरा, १५ माघ । मनाङ मस्र्याङदीलाई हराउदै जावलाखेल सेमीफाइनलमा पुगेकाे छ ।

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताकाे आजकाे खेलमा जावलाखेलले मनाङ मस्र्याङदी क्लबलाई सडनडेथमा ७–६ को जित हासिल गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी खेल निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि ३० मिनेट थप गरिएको थियो उक्त समयमा समेत बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडनडेथबाट खेलको निर्णय भएको हो । हारपश्चात प्रतिक्रिया दिदैँ मनाङका प्रशिक्षक सनोज श्रेष्ठले आहा ! रारा पाेखरा गोल्ड कपका लागि मात्रै टिम आएको बताए । उनले खेलक बराबरीकै भएको सुनाए ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले टिममा दुई खेलाडी थप गरेको सुनाए । विदेशी खेलाडी नहुँदा टिमलाई धेरै प्रभाव परिरहेको र आगामी खेलका लागि थप दुई खेलाडी ल्याउने उनले बताए ।