बिराैटाको नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटलद्वारा स्याङ्गजाकाे पेलकाचौरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



पाेखरा, ८ फागुन । पोखराकाे बिराैटामा रहेकाे नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटल एण्ड ट्रमा सेन्टरले स्याङ्गजाकाे पेलकाचौरमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ ।

नि:शुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, छाला तथा यौन रोग , लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ३१५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा शंकर पौडेलले बताएका छन ।

उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा वालरोग विशेषज्ञ डा शंकर पौडेल, प्रसुती तथा रुत्रीरोग विशेषज्ञ डा प्रेमराज पंगेनी, पेट छाती तथा हार्माेनरोग रोग विशेषज्ञ डा गणेश पौडेल, हाडजाेर्नी तथा नशा रोग विशेषज्ञ डा निरन्जन अर्याल, छाला तथा यौन रोग विशेषज्ञ डा सौरभ अर्याल, वरिष्ठ रेडीयोलोजिष्ट डा कृष्ण तिमिल्सिना लगायतले बिरामीलाई नि:शुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा नि:शुल्क औषधि वितरण गरिएको र लक्षित समुहमा सेवा उपलब्ध गराएको शिविरका संयोजक डा निरन्जन अर्यालले बताए ।

सो अवसरमा १२० जनाको नि:सुल्क सुगर तथा युरिक एसिड जाँच र ८० जनाको भिडियो एक्सरे समेत गरिएको थियो। आबस्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि नि:शुल्क औषधि वितरण गरिएको बताइएको छ।

पुतलीबजार नगरपालिकाका मेयर तुलसी रेग्मी वडा नं १२ का अध्यक्ष, विधालय व्यवस्थापन समिति, विधालय परिवार, आमा समुह, युवा क्लवको समन्वयमा उक्त कार्यक्रम गरिएकाे प्रसुती तथा रुत्रीरोग विशेषज्ञ डा प्रेमराज पंगेनीले बताए । साथै शिविरमा सर्मपित सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

स्थानिय मनकामना युवा क्लबकाे संयाेजनमा पेलकाचौर स्थीत मनकामना माविमा भएकाे उक्त नि:शुल्क स्वास्थ्य शिविरकाे सम्पुर्ण प्राविधिक सहयोग पोखरा १७ विरौटाकाे नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटल एण्ड ट्रमा सेन्टरले गरेकाे थियाे ।

बरिष्ठ चिकित्सकहरुको समुहद्धारा संचालित यस हस्पिटलले २४ घण्टा बिशेषज्ञ स्वास्थ्यसेवा सहित आई सि यु, एनआईसियु, पिआईसियु सहित सामान्य देखि जटिल शल्याक्रिया सेवा प्रदान गरिरहेको बताइएकाे छ ।