
पोखरा, २० फागुन । पुन एकता क्लव नदीपुरले महाशिवरात्री पर्वको अवसरमा फागुन २२ गतेदेखि २६ गतेसम्म पुरुष, भेट्रान्स तथा महिला बास्केटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गाैरव” मूलमन्त्रकासाथ गरिने प्रतियोगिता बारेमा आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर क्लवले प्रतियोगिता बारे जानकारी गराएको हो ।
प्रतियोगिता पुन समाज घर, पोखरा १० रामघाटमा गरिने कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष रनसिंह गर्बुजाले जानकारी दिए । उनले युवाको खेल आयोजनाको उत्साहलाई हौसला दिन देश विदेशमा रहेका सहयोगदाताहरुबाट सहयोग लिएर प्रतियोगिता गर्न लागेको बताए ।
यसअघि हामीले भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक बास्केटबल प्रतियोगिता गर्न लागेको बताए । उनले यस खेलको संभावना र प्रवर्धनका लागि सहयोग गर्न आग्रह गरे ।

प्रतियोगितामा प्रथम हुने टीमले रुपैयाँ १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दितिय हुने टीमले रुपैयाँ ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । सहभागि हुनका लागि दर्ता शुल्क ७ हजार ५ सय रहेको छ ।
यस्तै भेट्रान्स तर्फको बिजेताले रुपैयाँ ३५ हजार, मेडल र प्रमाण पत्र पाउने छ । दितिय हुनेले रुपैयाँ १७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । यसमा सहभागिताको लागि दर्ता शुल्क ४ हजार ५ सय तोकिएको छ ।
महिला बिजेता टीमले रुपैयाँ २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोश्रो हुनेले रुपैयाँ १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ ।
क्लबका अध्यक्ष सुदिप पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष दीननाथ वराल, खेल संयोजक निशान थकाली, रेफ्रि संयोजक रेफ्रि राजेन्द्रमान पुनले बास्केलबल प्रतियोगिताको संभावना रहेको पोखरामा यसको प्रवर्धन गर्नु महत्वपूर्ण रहेको बताए ।
उनीहरुले स्थानीय सरकारले पनि अहिले खेलकुदका लागि केहि गरिरहेको अवस्थामा बास्केटबल लगायतका संभावना बोकेका खेलहरुको विकासमा लाग्नुपर्ने बताए। उनीहरुले प्रतियोगितामा नयाँ खेलाडीहरुलाई अवसर दिएको र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
खेलका नियम यहाँ छन् ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




