एनटिएचएमसिको बास्केल प्रतियोगितामा कक्षा ११ को टीम विजयी, खेलमा पनि विद्यार्थी अब्बल : भाइस प्रिन्सिपल कार्कि

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



पोखरा, २ चैत । पाेखरा १४ छिनेडाँडामा रहेकाे नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बास्केट बल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र कक्षा १२ का टोलिबीच भएको प्रतियोगितामा कक्षा ११ को टोली विजयी भएको छ ।

कलेजमा यस्ता गतिविधिहरु भईहन्छन् । सैद्धान्तिक ज्ञान तथा व्यवहारिक ज्ञानसंगै अतिरीक्त क्रियाकलापमा विद्यार्थीहरु निकै सक्रिय भएका छन् । कलेजका भाईस प्रिन्सिपल राजकुमार कार्किले खेल सकिएपछि भने, हाम्रो विशेषता भनेकै विद्यार्थी हरेक कुरामा निपूर्ण होउन् भन्ने हो ।

हामीले उनिहरुलाई सैद्धान्तिक तथा अत्याधुनिक ल्यावमा व्यवहारिक रुपमा सिकाई रहेका छौं । साथै विभिन्न खेलहरु, उनिहरुका रुचिका कार्यक्रमहरु, फुड फेस्टिभल, रमाईलो मेला, शैक्षिक परामर्श, आउट डोर तथा ईनडोरका विभिन्न कार्यक्रमहरुमा सरिक भईरहन्छन् ।

तपाँई यहाँ देख्न सक्नु हुन्छ कि विद्यार्थी कलेज बाहिर गएर पनि पुरस्कार, मेडल र ट्रफिहरु ल्याउन सफल भएका छन् । यहाँ अध्ययन गरेकाहरुले सिप सिकेकैले हो देश विदेशमा फाईव स्टार होटलसम्म काम गर्न सक्षम भएका छन् ।

हामीलाई गर्व लाग्ने कुरा नै यही हो, भाईस प्रिन्सिपल कार्किले भने, अहिले कसैलाई बेरोजगार भएर बस्नु परेको छैन । १३ सय बढी विद्यार्थी विभिन्न क्षेत्रमा रोजगारमा सरिक भएका छन् ।

मेरै कुरा गर्नुहुन्छ भने म सुरुमा विद्यार्थीको रुपमा थिएँ । अध्ययन सकेपछि सेफको काम पनि मै गर्छु अनि पढाईको समयमा कक्षा कोठामा गएर पढाउछु । भाइस प्रिन्सिपलको रुपमा रहेको छु ।

हामीकहाँ कलेजमा सिपको शिक्षा मात्रै लिने होईन । विद्यार्थी स्वयं मालिक बन्ने, म्यानेजमेन्ट आफै गर्न सक्ने, कुनै इन्स्टिच्युसन आफैं खोलेर अरुलाई रोजगारी दिनसक्ने सक्षम विद्यार्थी उत्पादन भईहेका छन् ।

हाम्रोतर्फबाट केहि न केहि रुपमा भएपनि विदेशीने क्रमलाई रोक्न सकिएको छ कि भन्ने लागेको छ । र हाम्रो उदेश्य पनि यही हो, यहाँ पनि प्रशस्त संभावना छ, गर्न सकिन्छ ।

सानो कक्षाकाले ठूलो कक्षाका विद्यार्थीहरुलाई स्वागत गर्ने, फेयरवेल गर्ने, खेलहरु खेल्ने, कार्यक्रम आफैं आयोजना गर्ने र व्यवस्थापन पनि आफैंले गर्ने संस्कारकारको विकासले गर्दा हामी विद्यार्थीमैत्री शिक्षामा जोड दिईरहेका छौं ।