सुनको नयाँ रकेर्ड : तोलाको १ लाख ३९ हजार २ सय

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ वैशाख । सुनचाँदीको भाउ आकासिने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । आज बढेको भाउको अहिलेसम्मकै उच्च रेकर्ड हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १७ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको जानकारी गराएको छ ।

छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।