फिस्टेल एसइई कप अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



पोखरा, ८ जेठ। पोखरा १७ तल्लो बिरौटाकाे फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटरफाइनलका खेलहरू सम्पन्न भएका छन् ।

मङ्गलवार भएको पहिलो खेलमा कालिमा माविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा शान्तिनिकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजित ग¥यो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो ।

अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो ।छात्रातर्फको ३३ बास्केटबलका लिग चरणका खेलहरू पनि मङ्गलवार नै सम्पन्न भए । जम्मा ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनी होम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमा प्रवेश गरे ।

सेभेन ए साइड छात्र फुटबल तथा ३३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधवार सम्पन्न हुने छन् । बुधवार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुने छ । फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।