अन्नपूर्ण म्याराथनको उपाधि श्रेष्ठलाई

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



गण्डकी, २२ जेठ । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले प्राप्त गरेका छन् । श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेण्डमा पूरा गर्दै उपाधि हासिल गरे ।

उनले रु एक लाख ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । श्रेष्ठ तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनमा उपविजेता बनेा थिए । उक्त म्यारथनमा सोलुखुम्बुका अर्जुङ कुलुङ निर्धारित दूरी चार घण्टा ३५ मिनेट १५ सेकेण्डमा पार गर्दै उपविजेता बने। उनले पाँच दिन अघि मात्र एभरेष्ट म्याराथनको उपाधि हासिल गरेका थिए ।

जुम्लाका धीरबहादुर बुढाले म्याराथनमा चार घण्टा ४३ मिनेट छ सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। उनी अन्नपूर्ण म्याराथनको उपाधि हासिल गर्न सफल बनेका थिए । द्वितीय र तृतीय स्थान हासिल गरेका राई र बुढ़ाले क्रमशः रु एक लाख र ७५ हजार नगद प्राप्त गरे ।

त्यस्तै महिलातर्फको म्याराथनको उपाधि खोटाङका निर्मला राईले निर्धारित दूरीलाई पाँच घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद राशि पुरस्कार प्राप्त गरिन। नेपाली सेनाकी सुनसरी रोकायले पाँच घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड़ पूरा गर्दै दोस्रो स्थान र ओखलढुङ्गाकी छोकी शर्पाले पाँच घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन।

महिलातर्फ पनि द्वितीय र तृतीय स्थान हासिल गरेका रोकाय र शर्पाले क्रमशः रु एक लाख र ७५ हजार नगद प्राप्त गरे। समुद्री सतहबाट चार हजार एक सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो । प्रतियोगितामा महिलातर्फ एक विदेशीसहित ११ धाविकाको सहभागिता थियो ।

तीन विदेशीसहित ४९ जना पुरुष धावकको सहभागिता थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकामा दुुई जनाले बीचबाटै प्रतियोगिता छाडेका थिए । चार विदेशीमध्ये तीन जना बेलायती र एक जना स्कटल्यान्डका धावक थिए। म्याराथनका विजेतालाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगायतले सामूहिकरुपमा पुरस्कार प्रदान गरे ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले २०७५ सालदेखिÞ अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो । उक्त अवसरमा अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका रवीचन्द्र पराजुलीलाई रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।