सरकारद्वारा देशभर खेलप्रेमीको हौसला बढाउन टी-२० विश्वकपको लाइभ गर्न स्थानीय निकायलाई निर्देशन

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ जेठ । एक दशकपछि नेपाल पुन: विश्वकप टी २० खेल्न गएकाेले सरकारले देशभर खेलाडी र खेलप्रेमीकाे हाैसला बढाउन खेलकाे लाइभ प्रशारणकाे व्यवस्था मिलाउन अनुराेध गरेकाे छ ।

सरकारले एक सूचना प्रकाशन गरेर अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई निर्देशन दिएको हाे ।

युवा तथा खेलकुद मन्त्रालयले बिज्ञप्ती जारी गरेर प्रतियोगितामा नेपालको सहभागीता रहेकोले नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले देशभरका स्थानीय तहमा भएकाे स्रोत र साधन प्रयाेग गरेर खेलाडी तथा नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन नुरोध गरेकाे छ ।