
काठमाडौं, ७ असोज । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।
क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन ।
सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो । यस अघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।
त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे ।
यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




