
पाेखरा, १६ मंसिर । नेपाल भूतपूर्व खेलाडी मञ्चले सफल आवाजकर्मि, गीतकार आरजू विष्ट सल्यानीलाई सम्मान गरेकाे छ । मञ्चले शनिबार साँझ आयोजना गरेको एक कार्यक्रमा गीतकार विष्ट, उनकै गीतका गायक बिनोद बानियाँ र गायीका रजनी रिदम राईलाई सम्मान गरेकाे हाे ।
मञ्चले गरेकाे शुभकामना आदान प्रदा तथा कोष वृद्धिका लागि गरिएकाे कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । मञ्चले हरेक वर्ष पाेखरामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्दै आएकाे छ ।
साे पोखरा अन्तर्राष्ट्रिय म्याराथनको शिर्ष गित लेखेका विष्ट, गायक तथा संगीतकार वानिया र गायीका राइलाई ‘पोखरा म्याराथन’ गीतमा भएकाे उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
सम्मानितहरुलाई लक्ष्मी हाउस ग्रुप एवं सुजल डेरी प्रालीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, सल्लाहकार अशोक पालिखे र मञ्चका अध्यक्ष गुरुङले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
मञ्चले आयोजना गरेको च्यारिटी डिनर नाइटमा ५५ जना भन्दा बढिले मञ्चको आजिवन सदस्यता लिएका गुरुङले बताए । खेलकुद, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्धहरु व्यक्तित्वहरुले मञ्चको आजिवन सदस्यता लिएका हुन्।
मञ्चमा आवद्धता जनाएका नयाँ आजिवन सदस्यहरुलाई मञ्चका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, सल्लाहकार समितिका संयोजक मेजर दिल बहादुर गुरुङ, प्रथम उपाध्यक्ष खेम बहादुर गुरुङले सदस्यताको प्रमाणपत्रसहित स्वागत गरे ।
च्यारिटी डिनर नाइटमा विभिन्न सांस्कृतिक एवं लोक दोहोरी कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुती संगै ‘राफल ड्र’ लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु थिए ।
मञ्च १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिरहेको छ । मञ्चले पोखरा महानगर पालिकाको सहकार्यमा हरेक महिना ‘मासिक दौड’ लगायतका कार्यक्रमहरु अघि सारेको अध्यक्ष गुरुङले बताए ।
मञ्चकाे अगुवाईमा सम्पन्न पोखरा रंगशालामा निर्माण भएको पर्खाल समेत जिर्ण बन्न लागे संगै पर्खाल संरक्षणका लागि पहल सुरु गर्ने अध्यक्ष गुरुङले बताए । पर्खाल संरक्षणका लागि करिव ३३ लाख खर्च हुने जनाइएकाे छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




